एमाले महाधिवेशनः अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता

डिसी नेपाल
१३ मंसिर २०७८ १०:२०

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज(सोमबार) बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णु प्रसाद पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *