हेर्नुहोस्,प्रियंका चोपडाको ७५ फुटको पहिरन बारे संसारभर भयो चर्चा

डिसी नेपाल
२० मंसिर २०७५ ४:१२

बुधबार आफ्नो इन्स्टाग्राममार्फत् अभिनेत्री प्रियंका चोपडाले आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन् । उनको यो पहिरनको अहिले संसारभर चर्चा भएको छ ।

प्रियंका र निक जोनसले केही गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । प्रियंकाले बुधबार उनले विवाहको क्रममा लगाएको गाउनको भिडियो र फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् ।

अभिनेत्री प्रियंका चोपडाको पहिरनमा बीस लाखवटा सितारा जडित थियो । यो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए । उनको यो पहिरनले सबैको ध्यान खिच्यो । उनको यो पहिरन धेरै ठूलो भएकाले उनको पहिरन बोक्न अरु मानिसको पनि सहयोगको आवश्यकता परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *