एमाले महाधिवेशन : दुई वटै आयोगमा निर्विरोध नेतृत्व चयन
![एमाले महाधिवेशन : दुई वटै आयोगमा निर्विरोध नेतृत्व चयन](https://www.dcnepal.com/wp-content/uploads/2021/11/261185834_587037415932340_4968149342802140516_n.jpg-1.jpg)
काठमाडौं। नेकपा एमालेको जारी महाधिवेशनले दुई वटै आयोगको नेतृत्व निर्विरोध चयन गरेको छ । केन्द्रीय निर्वाचन अयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको नेतृत्व निर्विरोध चयन भएका हुन् ।
२५ सदस्यीय लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारीसहित १३ खुला सदस्य र नौ महिला सदस्य छन् । यस्तै, अनुसासन आयोगको अध्यक्षमा केशबप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी, सचिवमा प्राडा भरतराज पहारीसहित खुला १३ र नौ महिला सदस्य निर्वाचित भएका छन् ।
एमालेको केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष र पदाधिकारीको मनोनयन भने ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान अधिवेशनले गरिसकेको छ । यो आयोगको अध्यक्षमा विजय सुब्बा छन् । उनी १०औँ राष्ट्रिय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकसमेत हुन् ।
Facebook Comment