ओलीको सूचीमा नपरेकी उषाकिरण बनिन् सर्वसम्मत केन्द्रीय सदस्य
![ओलीको सूचीमा नपरेकी उषाकिरण बनिन् सर्वसम्मत केन्द्रीय सदस्य](https://www.dcnepal.com/wp-content/uploads/2021/11/Usha-Kiran-Timilsina.jpeg)
चितवन । सोमबार बिहान अध्यक्षमण्डलका तर्फबाट केन्द्रीय सदस्यको नाम घोषणा गर्दा उषाकिरण तिम्सिनाको नाम थिएन । उनको नाम नआएपछि बन्दसत्रको हलमा उनले केपी शर्मा ओलीको कडा आलोचना गरिन् तर पनि नाम पर्ने संभावना थिएन ।
सोमबार बिहान उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन् । उनको क्लष्टरमा रहेकी अर्चना गहतराजले नाम निकालिदिएपछि उनी सर्वसम्मत भईन । ‘सर्वसम्मत भनिएको छ महिलामा पनि के चुनाव गरिरहनुजस्तो लाग्यो मैले आफ्नो नाम निकालिदिए’, गहतराजले भनिन् ।
ओलीको सूचीमा तिम्सिनाले सोमबार बिहान महिला खुलातर्फ उम्मेदवारी दिएकी थिइन् । महिला खुलातर्फ ५३ जना केन्द्रीय सदस्य चुनिने व्यवस्था छ । तिम्सिनाले उम्मेदवारी दिँदा त्यो संख्या ५४ पुगेको थियो । तर ओलीले महिला खुलाको सूचीमा राखेकी अर्चना गहतराजले सोमबार साँझ उम्मेदवारी फिर्ता लिएपछि तिम्सिना सर्वसम्मतको सूचीमा परेकी हुन् ।
तिम्सिनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउदै आएकी थिइन् । नुवाकोट स्थायी घर भएकी तिम्सिना पार्टीभित्र घनश्याम भूषालको लाइनसँग नजिक रहेकी छिन् । उनी माधव नेपाल समूहलाई छाडेर एमालेमै रहेकी थिइन् । पार्टीभित्र १० बुँदे सहमति भएपछि नुवाकोटबाट प्रतिनीधि आएकी हुन् ।
Facebook Comment