कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक
![कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक](https://www.dcnepal.com/wp-content/uploads/2021/09/241026128_588971025815281_1835041392812718954_n-2-1.jpg)
काठमाडौं । नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।
कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने छन् ।
यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख छ । मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment