दोस्रोपटक संशोधन भयो निर्वाचन कार्यतालिका, मतदान राति २ बजे
![दोस्रोपटक संशोधन भयो निर्वाचन कार्यतालिका, मतदान राति २ बजे](https://www.dcnepal.com/wp-content/uploads/2021/01/Bijaya-Subba.jpg)
सौराहा । नेकपा एमालेको केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।
दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनबाट नेतृत्व चयन गर्न आइतबारदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिले पहिलो दिन नै मनोनयन स्थगित गरेर कार्यतालिका संशोधन गरेको थियो । १२ बजे अन्तिम नामावली सार्वजनिक गरेर राति ९-३ बजेसम्म मतदान गर्ने तालिका बनाएको थियो ।
उक्त कार्यतालिका आज दोस्रो दिन सोमबार अबेर राति संशोधन भएको हो । उम्मेदवारीलाई साँघुरो बनाउन समय लागेकाले कार्यतालिका संशोधन भएको निर्वाचन समिति प्रमुख बिजय सुब्बाले जानकारी दिए ।
१२ बजे सार्वजनिक हुने भनिएको अन्तिम नामावली संशोधित कार्यतालिकाअनुसार सवा १० बजे सार्वजनिक गरेको छ । अब उम्मेदवारको संख्याअनुसार मेसिन सेट गरेर राति २ बजे विद्युतीय मतदान हुने कार्यतालिका तय भएको छ ।
एमाले केन्द्रीय कमिटीमा पदाधिकारीसहित १० पदमा १२ जनाको बागी उम्मेदवारी परेको छ ।
Facebook Comment