कपिलवस्तुमा देउवा पक्ष कमजोर, सभापतिमा कलाम विजयी
![कपिलवस्तुमा देउवा पक्ष कमजोर, सभापतिमा कलाम विजयी](https://www.dcnepal.com/wp-content/uploads/2021/11/kalam.jpg.jpg)
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता कलाम १ सय ९ मतान्तरले विजयी भएका हुन् ।
कलामले ७ सय ६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८ सय १९ मत पाए । आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन् ।
उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी भएका छन् भने सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी निर्वाचित भए ।
सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र वजिह असरद विजयी भएका छन् । देउवा पक्षबाट ६ जना जिल्ला सदस्य मात्र जयी भएका छन् ।
प्रतिक्रिया
Facebook Comment