एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने
काठमाडौं। नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ। केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ।
दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ।
प्रतिक्रिया
Facebook Comment