एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित
चितवन ।एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् ।
विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याए ।सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए ।
प्रतिक्रिया
Facebook Comment