‘मधेशलाई अधिकार सम्पन्न बनाउन माओवादीको विकल्प छैन’

डिसी नेपाल
१४ मंसिर २०७८ १८:२८

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले मधेश र त्यहाँका जनतालाई अधिकार सम्पन्न बनाउन माओवादी केन्द्रको विकल्प नरहेको बताएका छन्।

माओवादी केन्द्र जलेश्वरको प्रथम नगर अधिवेशनलाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्बोधन गर्दै उनले वर्षौंदेखि हक अधिकारविहीन रहेका मधेश र त्यहाँका जनतालाई आजसम्म प्राप्त हक अधिकार माओवादी केन्द्रकै देन रहेको जिकिर गरे । साथै उनले मधेशका जनताले चाहेको थप हक अधिकारका लागि पार्टी अझै पनि सङ्घर्षरत रहेकाले आवश्यक सम्पूर्ण अधिकार दिलाएरै छाडिने प्रतिबद्धता समेत प्रकट गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *