ओलीद्वारा अध्यक्षको सपथग्रहण र रावलले केन्द्रीय सदस्यमा सपथ खाएनन्

डिसी नेपाल
१४ मंसिर २०७८ १९:३३

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।

ओलीले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन् । आयोगका संयोजक विजय सुब्बाले उनलाई सपथ खुवाएका हुन् । आफूले सपथग्रहण गरेपछि ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन् ।

ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए । रावल केन्द्रीय सदस्यमा विजयी भएका थिए। तर, रावलले सपथ भने खाएनन् । उनले पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *