संस्कृति र पर्यटन प्रवद्र्धन गर्न आवश्यकः मन्त्री आले

डिसी नेपाल
१४ मंसिर २०७८ २१:२३

काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप बलियो बनाउन दुई देशबीचको संस्कृति र पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि मिलेर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा नेपाल आएका बङ्गलादेशी पाहुनासँग आज भेट गर्दै मन्त्री आलेले पर्यटन र व्यापारसँगै संस्कृतिको सम्मान र संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिए । नेपाल र बङ्गलादेशबीच यसअघि पनि घनिष्ट सम्बन्ध भएको भन्दै भेटका क्रममा मन्त्री आलेले आगाामी दिनमा सम्बन्ध थप बलियो बनाउनुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष दिनदया रिजालका अनुसार नेपाली प्रतिनिधिमण्डलले पनि छिट्टै बङ्गलादेशको भ्रमण गर्नेछ । बङ्गलादेशबाट १० जना सो प्रतिनिधिमण्डलमा नेपाल आएका छन् । उनीहरूलाई नेपालको संस्कृति, पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने कार्यक्रम छ । सो टोली बुधबार पोखरा जानेछ ।बङ्गलादेशबाट आउने टोलीमा डाक्टर, कृषि विज्ञ, समाजसेवी र व्यापारीेको सहभागिता रहेको सङ्का अध्यक्ष रिजालले जानकारी दिए । सङ्घको निमन्त्रणमा बङ्गलादेशका पाहुना सोमबार नोपल आएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *