बाढी प्रभावित ४० परिवारलाई जस्तापाता सहयोग

डिसी नेपाल
१४ मंसिर २०७८ २२:३१

काठमाडौँ ।मेलम्ची–इन्द्रावती बाढीबाट पूर्णरुपमा घर क्षति भएका मेलम्ची नगरपालिका वडा नं ११ का ४० परिवारलाई आज १२० बन्डल जस्तापाता प्रदान गरिएको छ । दोलखाको जिरी नगरपालिकामा रहेको असल मित्र नेपाल नामक संस्थाले जस्तापाता उपलब्ध गराएको हो । सो संस्थाले सिएचआइ र होप नामक संस्थाको आर्थिक सहयोगमा प्रतिघर तीन बन्डल रङ्गीन जस्तापाता बाढी प्रभावितलाई वितरण गरेको हो ।

कार्यक्रममा जिरीका नगर प्रमुख टङ्कबहादुर जिरेलले यो सानो सहयोग भए पनि यसले केही राहत मिल्ने जनाउँदै वितरित सामग्रीको सदुपयोग हुनेमा विश्वस्त रहेको बताए । जिरी–९ का वडाध्यक्ष ज्ञानबहादुर सुनुवारले जस्ताको पूर्णरुपमा सदुपयोग गर्ने परिवारलाई आवश्यकता हेरी अन्य सहयोग गरिने बताए । मेलम्ची–११ का वडाध्यक्ष रुद्र दुलालले सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको जस्ताले अस्थायी आवास निर्माणमा सहयोग पुग्ने उल्लेख गरे । असल मित्र नेपालका बोर्ड सदस्य रुथ मुखियाले संस्थाले यस्तै सहयोगी सामाजिक काम गर्दै आएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *