नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
![नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा](https://www.dcnepal.com/wp-content/uploads/2021/12/prakash_rasaili-1638344248.jpg)
काठमाडौं।नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी समावेशी दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उनले पार्टीका नेता र साथीहरूसँग छलफल गरी केन्द्रीय कार्यसमितिमा बसेर पार्टीको भावी कार्यदिशाबारे योगदान गर्न सक्छु भन्ने उद्देश्यले उम्मेदवारी दिने निधो गरेको बताए । नेपाल दलित सङ्घका पूर्वकेन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै कांग्रेस राजनीतिमा सक्रिय छन् ।
उनले कांग्रेसमा सामान्य नागरिकका मुद्दा उठाउन आफूले उम्मेदवारी दिएको बताउँदै कांग्रेसले निम्न आय भएका तथा सुकुम्वासी, भूमिहीन, दलित, मजदूर वर्गका मुद्दालाई उठाउनुपर्ने धारणा व्यक्त गरे । युवा नेता रसाइली २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक सङ्घीय सांसद हुन् । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
Facebook Comment