सरकारका कार्य आपत्तिजनक ः कमल थापा

डिसी नेपाल
२० मंसिर २०७५ ७:३१

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको सहभागिता रनु आपत्तिजनक भएको बताएका छन् ।

मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा विभादित धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको सहभागिता हुनु बहुसख्यक हिन्दु धर्मावलम्बीहरु माथी प्रहार हुनु हो भनेर बताए ।

सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको धारणा उनले राखे ।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने थावाले जानकारी दिए ।
उनले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौँ केन्द्रित हुनेछ भने । जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *