माओवादी केन्द्र रौतामाई अध्यक्षमा मगर विजयी

डिसी नेपाल
१६ मंसिर २०७८ ७:०३

उदयपुर। नेकपा माओवादी केन्द्र रौतामाई गाउँपालिका अध्यक्षमा वीरेन्द्र मगर निर्वाचित भएका छन्।

नगर सम्मेलनले मगरको नेतृत्व नयाँ कमिटी चयन गरेकाे हो। कुल ५४ मतमा वीरेन्द्रले ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ईश्वर राना मगरले १६ मत मात्र प्राप्त गरेर पराजित भए।

उपाध्यक्षमा समीक्षा मगर, फूलकुमारी आले मगर र देवेन्द्रबहादुर राया विजयी भएका छन्। सचिवमा भरतमणि दाहालले विजयी भएका छन्। सहसचिको पद गणेश राई सर्वसम्मत भएका छन् भने काेषाध्यक्षमा कोपिला मगर विजयी भइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *