प्रधानन्यायाधीश जबरालाई विदामा बस्न सत्ता गठबन्धनकाे सुझाव

डिसी नेपाल
१६ मंसिर २०७८ ११:१८

काठमाडौं। सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विदामा बस्न सुझाव दिएको छ। गठबन्धनले प्रधानन्यायाधीश जबरालाई विदामा बसरे कायम मुकायम तोक्न सुझाव दिएको हो।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीशलाई विदामा बस्न सुझाव दिएको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

प्रधानन्यायाधीश कोरोना संक्रमणका कारण बिरामी परेका कारण सर्वोच्चमा हाल दीपककुमार कार्कीलाई कायममुकायम तोकिएको छ। वरिष्ठतम् न्यायाधीशको हैसियतमा कार्कीले पाएको यो जिम्मेवारीलाई सत्ता घटक दल केही समय लम्ब्याउन चाहन्छन्।

गठबन्धन दलको बैठकपछि मन्त्री कार्कीले जबरा बिदामा बसेका कारण यो बिदा लम्व्याउन आग्रह गर्ने र कायममुकामयबाटै अदालत चलाउन भन्ने विषयमा सहमति नजिक पुगेको बताए। उनका अनुसार यो विषयमा औपचारिक निर्णय भने भएको छैन।

‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ’, सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता कार्कीले भने।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि सोमबारदेखि अस्पताल भर्ना भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *