कांग्रेस प्रदेश अधिवेशनः सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

डिसी नेपाल
१६ मंसिर २०७८ १६:०४

पोखरा ।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ ।

यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ । बिहीबार कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *