सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी ताेकियाे, सुनुवाइ प्रभावित

डिसी नेपाल
१७ मंसिर २०७८ १३:०५

काठमाडाैं। सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन। सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ। ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।

सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना  भएकामा आज घर फर्किएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *