राप्रपा महाधिवेशनः नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ (तस्बीरहरू)

डिसी नेपाल
१७ मंसिर २०७८ १७:२७

काठमाडौं । राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।

अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

मतदानको अघिल्लो दिन शुक्रबार महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन् । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ ।

नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवारी दिएकी छन् । उनी पनि भोट माग्न व्यस्त देखिन्छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *