सभापतिको साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा इतर समूह छलफलमा

डिसी नेपाल
२२ मंसिर २०७८ १६:०५

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो ।

नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन् । बैठकले आजै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले जानकारी दिएका छन् ।

इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *