थुप्रै पर्यटक भएको व्यस्त ठाउँमा जोडीको चर्तिकला क्यामेरामा रेकर्ड भएपछि गिरफ्तार
काठमाडौं। ब्रजिलको एक व्यस्त समुद्र तटमा शारीरिक सम्बन्ध बनाएको आरोपमा एक जोडीलाई गिरफ्तार गरिएको छ । जतिबेला यो जोडीले समुद्र तटमा यस्तो हर्कत गरिरहेका थिए त्यतिबेला त्यहाँ धेरै पर्यटकहरु थिए । कसैले यो घटनालाई क्यामेरामा रेकर्ड गरेर भाइरल गरिदिए । त्यसपछि पुलिसले उनीहरुलाई पक्राउ गरेको हो ।
डेलीस्टारको रिपोर्टअनुसार यो घटना रियो द जेनेरियोको काबो फिओ बीचको हो । जहाँ गत हप्ता पर्यटकहरु भएका बेला एक ब्राजिली जोडीले शारीरिक सम्बन्ध बनाइरहेका बेला क्यामेराका रेकर्ड भएको थियो । यो क्लिपलाई कसैले सामाजिक संजालमा भाइरल गरिदिए । भिडियोमा एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा देख्न सकिन्छ ।
यो जोडी बीचमा भएका अन्य मानिसहरुको कुनै पर्वाह नगरेर आफ्नै धुनमा व्यस्त देखिन्छन् । भिडियो रेकर्ड गर्ने मानिसहरु यो जोडीलाई देखेर हाँसिरहेका छन् । पुलिसले यो घटनामा २ संदिग्धहरुलाई हिरासतमा लिएको छ । उनीहरुको पहिचान सार्वजनिक गरिएको छैन । उनीहरुसँग सोधपुछ भइरहेको छ । जोडीले यसरी सार्वजनिक ठाउँमा अश्लील काम गरेको यो पहिलो पटक भने होइन । हालै थाइल्याण्डमा पनि यस्तै हर्कत गर्ने जोडीलाई पक्राउ गरिएको थियो ।
Facebook Comment