कांग्रेस महाधिवेशनः आचारसंहिताविपरीत प्रचारप्रसार गर्दै उम्मेद्वार

डिसी नेपाल
२३ मंसिर २०७८ १७:०८

काठमाडौं ।नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन आचारसंहिताविपरीत उम्मेद्वारहरूले प्रचारप्रसार गरेको पाइएको छ । २४ मंसिरदेखि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन सुरु हुनुअगावै विभिन्न पदका उम्मेद्वारहरूले आफ्नो फोटोसहितको उम्मेद्वारी घोषणा गरेको पर्चा पम्प्लेट महाधिवेशनस्थलमा टाँस्न थालेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनको आचारसंहिताअनुसार माहधिवेशनस्थलको वरवपर उम्मेद्वारहरूले पोष्टर, पम्प्लेट, माइकिङ जस्ता प्रचारप्रसारका सामग्री प्रयोग गर्न पाइँदैन । तर, उम्मेद्वारहरूले आचारसंहिता विपरीत जथाभावी प्रचारप्रसारका सामग्री टाँस गरिरहेका छन् ।

महाधिवेशनको आचारसंहिताविपरीत उम्मेद्वारहरूले प्रचारप्रसार गरेको भन्दै प्रहरीरप्रशासनले नै त्यसलाई हटाउन निर्देशन दिएको छ  । महाधिवेशनस्थलमा खटिएका प्रहरीले आचारसंहिताविपरीत गरिएको प्रचारप्रसारको सामग्री तुरुन्त हटाउन प्रहरीले माइकिङ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *