कांग्रेस महाधिवेशनः पूर्वमन्त्री डा.दहितद्धारा केन्द्रीय सदस्य पदमा उम्मेदारी घोषणा

डिसी नेपाल
२३ मंसिर २०७८ १७:५१

काठमाडौं। नेपाली कांग्रेस यतीबेला १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा रहेको छ।शुक्रबारबाट सुरु हुने अधिवेशनमा नेताहरुले विभिन्न पदमा उम्मेद्धारी दिने घोषणा गरिहेका छन्।यसैबीच पूर्वमन्त्री तथा प्रभावशाली नेता डा.गोपाल दहितलेपनि यो अधिवेशनमा केन्द्रीय सदस्य पदमा नै उम्मेद्धारी दिने घोषणा गरेका छन्।

सवल कांग्रेस र सक्षम कांग्रेस नेतृत्वको लागि आफ्नो उम्मेद्धारी रहेको उनले बताएका छन्।राजनीतिको सुरुवाती चरणमा थारुहट तराई पार्टीको नेतृत्व गरेका दहित विजय गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिकसँग एकीकरण हुँदै अहिले नेपाली कांग्रेससँग एकीकरण गरी कांग्रेसको राजनीतिमा छन्।

प्राय अल्पसंख्यक, बिपन्न, उत्पिडनमा परेका समुदायको हक र अधिकारको विषयमा बुलन्दरुपमा आवाज उठाउने बर्दियाका दहित कांग्रेसको बौद्धिक, अध्यनशील र विकास प्रेमी नेताका रुपमा परिचित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *