टाइगर र दिशाको तीनवर्षे प्रेम सम्बन्धमा ‘ब्रेकअप’
बलिउडका अभिनेता टाइगर श्राफ र दिशा पटानीको तीनवर्षे प्रेम सम्बन्धमा ब्रेकअप भएको छ।टाइगर र दिशाबीच पछिल्लो समय कुरा मिल्न छाडेको र पटक पटक झगडा हुन थालेपछि सम्बन्ध टुक्रिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पटकपटक मनमुटाव सुरु भएपछि दुवैजना सम्बन्ध तोड्ने पक्षमा पुगेको बलिउड लाइफले जनाएको छ।
दुई जना सम्बन्धमा रहेको र लिभिङ टुगेदरको रिलेसन रहेको समचार आइरहेको भए पनि दुवैले औपचारिक रुपमा सम्बन्ध स्वीकार गरेका थिएनन्। यी दुईबीचको कथित अफयर ३ वर्षसम्म चलेको थियो। फिल्म ‘बागी –२’ यो हिट जोडी थुप्रैपटक लन्च र डिनर गर्दै गरेको भेटिएका थिए। बागी २ मा अत्याधिक रुचाइएको यो जोडीको उक्त फिल्मले बलिउडमा २ सय ५० करोडभन्दा बढीको व्यापार गरेको थियो। पछिल्लो समय टाइगर ‘स्टुडेन्ट आफ इयर–२’की अभिनेतृ तारा सुतारियासँग नजिकिएका थिए। तारासँगको निकटताका कारण दिशा टाइगरसँग रिसाएकी थिइन्। त्यहीकारण उनीहरुका बीचमा दूरी बढेको र छुट्टिने अवस्था आइपुगेको बताइएको छ।
Facebook Comment