कांग्रेस सभापति निर्वाचनः ७४४ मत गन्नुअघि नै देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई भारी मतले पराजित गर्दै दोस्रोपटक सभापति निर्वाचित भएका हुन् ।
मंगलबार राति ९ बजेसम्म सम्पन्न मतदानमा खसेको ४५६२ मतमा देउवालाई जितका लागि ५० प्रतिशतभन्दा बढी खर्थात २२८२ मत आवश्यक थियो ।
देउवाले ७४४ मत गणना हुनुअघि नै ५० प्रतिशत कटाएर सभापतिमा सहज जित हासिल गरेका हुन् । ३८१९ मत गणना गर्दा देउवाले २२८८ मत हासिल गरेका छन् ।
उनका प्रतिद्वन्द्वी कोइरालाले १५०१ मत प्राप्त गरेका छन् । शेखरसँग मतान्तर नै ७८७ रहेको छ ।
यद्यपि मतगणना जारी छ । अन्तिम मतपरिणाम निर्वाचन समितिले केही बेरमा सुनाउनेछ ।
प्रतिक्रिया
Facebook Comment