देउवाले पाए २७२४ मत, शेखर ९०७ मतअन्तरले पराजित, ३३ मत बदर

डिसी नेपाल
२९ मंसिर २०७८ २:४५

काठमाडौं । नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा मंगलबार भएको मतदानमा खसेको ४५७४ मतमा देउवाले २७२४ मत प्राप्त गरेका हुन् ।

उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८१७ मत प्राप्त गरे । शेखर ९०७ मतअन्तरले पराजित भए । ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

मतपरिणामको औपचारिक घोषणा केही बेरमा निर्वाचन समितिले गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *