संसद बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् ।
उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्,’यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’ उनको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया
Facebook Comment