उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन्।
अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था
विजयकुमार गच्छदारः ४५४
पूर्णबहादुर खड्काः ५०१
डा.चन्द्र भण्डारीः ४७२
धनराज गुरुङः ५४३
सुजाता कोइरालाः १३८
महेश आचार्यः १२३
दिव्यश्वरी शाहः ३५
प्रतिक्रिया
Facebook Comment