जीत नजिक गगन थापा, दाेस्राेमा विश्वप्रकाश

डिसी नेपाल
१ पुष २०७८ १४:०७

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा जित नजिक पुगेका छन्। आधाभन्दा बढी मतगणना भइसक्दा थापाले २०३७ मत प्राप्त गरेका छन्। ३१२० गणना हुँदा थापा जित नजिक पुगेका हुन्। यसैगरी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि जीततर्फ अगाडि बढेका छन्। उनले १२५५ पाएका छन्।

तेस्राे नम्बरमा रहेका प्रकाशशरण महतले १०२४ मत प्राप्त गर्दा प्रदीप पाैडेलले ९३५ मत प्राप्त गरेका छन्। यसैगरी मिनेन्द्र रिजालले ५४६ र राजाराम कार्कीले ७५मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *