अन्तिम चरणको मतगन्दा गगनको अग्रता कायमै,विश्वप्रकाशको पनि सम्भावना बलियो

काठमाडौं।नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा जित नजिक पुगेका छन्। अन्तिम चरणको मतगणना हुँदासम्म थापाले २५१२ मत प्राप्त गरेका छन्। ३८९० गणना हुँदा थापा जित नजिक पुगेका हुन्। यसैगरी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि जीततर्फ अगाडि बढेका छन्। उनले दोस्रो स्थानमा रहँदै १६९७ मत पाएका छन्।तेस्रो नम्बरमा रहेका प्रकाशशरण महतले १२९२ मत प्राप्त गर्दा प्रदीप पौडेलले ११६१ मत प्राप्त गरेका छन्। यसैगरी मिनेन्द्र रिजालले ६७९ र राजाराम कार्कीले ८८ मत पाएका छन्।
प्रतिक्रिया
Facebook Comment