महामन्त्रीमा विजयी भएपछिका विश्वप्रकाश शर्मा

डिसी नेपाल
१ पुष २०७८ १६:११

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीमा गगनकुमार थापासँगै विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् ।

२७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक मतपरिणामअनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

परिणाम सार्वजनिक हुनुअघि देखि नै पार्टी कार्यालयमा रहेका शर्मालाई कार्यकर्ताहरूले अबिर लगाएर खुसियाली मनाएका छन् ।

कार्यकर्तालाई सम्बोधन गर्दैै शर्माले आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको स्थल सुन्दरीजलको जेलको माटोलाई ढोगेर आफ्नो यात्रा सुरु गर्ने बताएका छन् ।

उनी पार्टी कार्यालयबाट सुन्दरीजलतर्फ जाने तयारी गर्दै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *