बेलायतमा कोरोना संक्रमण बढ्दै, एकै दिन ८८ हजार बढी संक्रमित
काठमाडौँ। बेलायतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणसंगै पछिल्लो २४ घण्टामा बेलायतमा ८८ हजार नयाँ संक्रमित फेला परेका छन्। यो कोरोना महामारी देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितकाे संख्या हो ।
बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन् ।
संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सबैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।
करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म १ करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट १ लाख ४७ हजारको मृत्यु भइसकेको छ ।
Facebook Comment