३ हजार घुससहित वडा सचिव सिद्दिक पक्राउ
भैरहवा। रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (ना.सु) मोहम्मद सिद्दिक घुससहित पक्राउ परेका छन् । विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग सिद्दिकले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उक्त रकम घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी जयराम श्रेष्ठ जानकारी दिए ।
वडा सचिवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment