पिछडिएको क्षेत्र सहमहामन्त्रीमा पाण्डे र शाहीको तीब्र प्रतिस्पर्धा (अपडेट)

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सहमहामन्त्री तर्फको मतगणना शुक्रबार बिहानबाट जारी भएको छ।पिछडिएको क्षेत्र अन्तर्गत ३०१२ मत गणना हुँदा १४६७ मतका साथ बद्री पाण्डेले अग्रता लिइरहेका छन्।
अर्का उम्मेदवार जीवनबहादुर शाहीले १४३४ मत ल्याएर पछ्याइरहेका छन्। चेतराज बजालले ५२ मत ल्याएका छन्।
३९ मत बदर भएको छ। पाण्डे कोइराला समूहबाट उम्मेद्वार बनेका हुन्।शाही देउवा समूहका उम्मेद्वार हुन्।
यसअघि सार्वजानिक भएको परिमाणमा जनजाती तर्फबाट भिष्मराज आङ्देम्बे, महिला तर्फबाट डिना उपाध्याय र दलित तर्फबाट जीवन परियार विजयी भइसकेका छन्।
प्रतिक्रिया
Facebook Comment