प्रधानमन्त्री देउवालाई माओवादी अध्यक्ष दाहालद्वारा बधाई

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका हुन् । भेटका अवसरमा उनीहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment