खस-आर्यतर्फकाे सहमहामन्त्रीमा देउवा पक्षका किशोरसिंह राठौर विजयी

काठमाडौं । नेपाली कांग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा देउवा पक्षका किशोरसिंह राठौर विजयी भएका छन्।
उनले शेखर कोइराला पक्षका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौरले २५७६ मत ल्याएका छन् भने चालिसेले २०५९ ल्याएका छन्।
महिला, दलित र आदिवासी\जनजाति र मुस्लिम तर्फका सहमहामन्त्रीको मतपरिणाम आइसकेको छ भने थारू, मधेसी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment