पिछडिएको क्षेत्र सहमहामन्त्रीमा शाहीलाई हराउँदै बद्री पाण्डे निर्वाचित

डिसी नेपाल
२ पुष २०७८ १६:५८

काठमाडौं । नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।

उनले देउवा पक्षका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् । पाण्डेले २४११ मत ल्याएका छन् भने शाहीले २१२५ ल्याएका छन्।चेतराज बजालले ८५ मत ल्याएका छन्। ४९ मत बदर भएको छ।

यसअघि सार्वजानिक भएको परिमाणमा जनजाती तर्फबाट भिष्मराज आङ्देम्बे, महिला तर्फबाट डिना उपाध्याय, दलित तर्फबाट जीवन परियार, खस(आर्यतर्फबाट किशोरसिंह राठौर र मुस्लिमतर्फबाट फरमुल्लाह मन्सुर विजयी भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *