थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा देउवा पक्षका उमाकान्त चौधरी विजयी भएका छन्।
उनले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरेका हुन् । उमाकान्तले २५४५ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत ल्याएका छन् ।
यसअघि सार्वजानिक भएको परिमाणमा जनजाती तर्फबाट भिष्मराज आङ्देम्बे, महिला तर्फबाट डिना उपाध्याय, दलित तर्फबाट जीवन परियार, खस९आर्यतर्फबाट किशोरसिंह राठौर, मुस्लिमतर्फबाट फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे विजयी भइसकेका छन्।
प्रतिक्रिया
Facebook Comment