कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक: नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताएका छन् ।
पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहेका नेता पौडेलले आज यहाँ आयोजना गरेको ‘धन्यवाद कार्यक्रम’मा उनले जनतामा युवा पुस्तामाथि ठूलो भरोसा रहेको उल्लेख गर्दै पार्टी नेतृत्वतहमा युवा आउनु सकारात्मक भएको बताएका हुन्।
“निर्वाचनमा हारजित हुनु स्वभाविक हो, मैले जे खोजेको थियो, त्यो पार्टीभित्र भएको छ, युवापुस्ता पार्टीको कार्यकारी भूमिकामा पुगेको छ, जिम्मेवारीमा पुगेका साथीलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, उनले भने ।
नेता पौडेलले पार्टीभित्र धेरै परिवर्तन आवश्यक रहेको जनाउँदै विधि, विधानअनुसार व्यवस्थित ढङ्गले कांग्रेस अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । सबैलाई सङ्गठित गरेर पार्टी अगाडि बढनुपर्ने उनको भनाइ थियो । उाले व्यक्तिका आधारमा नभई पार्टीभित्र नीति र पद्धतिमा प्रतिस्पर्धा हुनुपर्ने बताए । पार्टीभित्र आम एकताको खाँचो रहेको उाको भनाइ थियो ।
पाको नेतृत्वले युवालाई अगाडि बढाएको जनाउँदै वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उाले धन्यवादसमेत दिए ।
Facebook Comment