कैदी थपिएसँगै व्यवस्थापनमा समस्या
दार्चुला । यहाँको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुदाँहुदै पनि थप आठ जना थपिएपछि व्यवस्थापनमा समस्या देखिएको छ । कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि थप आठ जना यहाँ ल्याइएको थियो ।
कञ्चनपुरको कारागारमा ठाउँ अभाव भएपछि दार्चुला, डडेल्धुरा र कैलाली २८ कैदीबन्दी पठाइएका हुन् । मङ्गलवार राती कैदी कञ्चनपुर कारागारबाट दार्चुला कारागार स्थानान्तरण गरिएको जिल्ला कारागारका जेलर वीरेन्द्रसिंह धामीले जानकारी दिए । कञ्चनपुरबाट १० कैलाली, १० डडेल्धुरा र आठ जनालाई दार्चुला कारागार पठाइएको हो । योसँगै अब दार्चुला कारागारमा कैदीबन्दीको सङ्ख्या ६९ पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment