भर्खर इराक पुगेका दुई नेपालीको बाढीले बगाएर गाडीभित्रै मृत्यु

डिसी नेपाल
३ पुष २०७८ ०:१२

इराक । विदेशमा काम गरी कमाइ गर्ने सपना देखेर इराक पुगेका दुईजना नेपालीहरुको बाढीमा परी मृत्यु भएको छ । कामका लागि इराक आएका नेपालको दोलखा जिल्ला विगु गाउका पाल्देन शेर्पा र मोरङ्ग जिल्लाको लेटाङ्ग ४ का औराज राईको डिसेम्बर १७ तारिक शुक्रबार विहान मृत्यु भएको हो ।


बैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इराकको कुर्दिस्तानमा यी दुबै नेपालीहरु आइपुगेको केही समयमात्र भएको थियो । समाचारअनुसार, मोरङ्गका राई केही महिनाअघिमात्र इराक पुगेका थिए भने दोलखाका पाल्देन शेर्पा एकसाता अघिमात्र इराक पुगेका थिए । उनीहरु दुबैजना सवार सवारी साधनलाई बाढीले बगाउंदा सोही सवारी साधनभित्र परी निधन भएको हो । उनीहरु इराकको कुर्दिस्तानस्थित अर्विलमा कार्यरत थिए । उनीहरु कार्यरत कम्पनीका कामदारहरुले उनीहरुको शव व्यबस्थापन र क्षतिपूर्तिका लागि आवाज उठाएका छन् । कामदारहरुले शुक्रबारको एकदिन कामसमेत ठप्प पारेका छन् । त्यसपछि कम्पनीले शव व्यवस्थापन र क्षतिपूर्ति दिने आश्वासन दिएको बताइएको छ । इराकको कुर्दिस्तानमा अहिले अविरल बर्षा भइरहेको र बाढीले जताततै क्षति पुर्याएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *