कथा : छड्के तिलहरी
विश्वम्भरले एक्कासि आपत्ति जनाए- ‘ल भएन, भएन। यो बिहे रोक्नु पर्यो । यथाशीघ्र रोक्नु पर्यो।’
उनको त्यो वचनमाथि कडा प्रहार गर्दै सालो केटोले भन्यो- ‘हजुरको दिमाग त ठीक छ भेना? के भन्नुभएको हजुरले यस्तो? एक त हजुर दुलहीतिरको मान्छे। त्यसमाथि आफ्नी साख्यै सालीको कन्यादानको समय भइरहेको छ। यस्तो बेलामा भेनाको मुखबाट यस्तो आपत्तिजनक वचन सुन्नुपर्ने हामीले?’
त्यसरी सालो केटोले हकारेको तालमा भनेपछि विश्वम्भरजी थोरै बेर चुप लागे। उनको मुख त बोलेन तर मनभित्र कुराहरू बेसरी हुँडलिइरहेका थिए। उनलाई कान्छी सालीको बिहे गराइको शैली मन परेको थिएन। आफू ससुराली घरको जेठो जुवाइँको नाताले केही चीजहरू आफ्नै तरिकाले गर्न चाहन्थे तर उनका सालाभाइहरूले मानेनन्।
उनीहरू कन्जुस स्वभावका रहेछन्। भेनाले भनेका थिए-‘हेर भाइहरू। यो बिहे यो पुस्ताको अन्तिम हो। त्यसमाथि समय पनि धेरै फरक भैसक्यो। डाक्टर बहिनीको बिहे पो हो त। त्यसैले कान्छी बहिनीको बिहे पार्टी प्यालेसबाटै गर्नुपर्छ। आफ्नो कुलको इज्जत राख्नुपर्छ।’
जेठो सालोभाइले तर्क गर्यो-‘हजुरहरूको जस्तो म्यानपावर नभएको टोल हैन नि हाम्रो।’
जेठो दाजुको कुरामा भाइहरू पनि सहमत भएका थिए। उनीहरू चाहन्थे, पार्टी प्यालेसलाई दिने पैसाले कुनै गर्जो टरोस्। त्यही भएर उनीहरूले कान्छी बहिनीको विवाह घरैबाट गराए। माहिलो जग्गाको काम गर्ने मान्छे। घरछेउमै करिब दुई रोपनी क्षेत्रफलको खेत रहेछ। त्यो खेतीका लागि योग्य हुँदाहुँदै पनि बाँझै राखिएको थियो। विश्वम्भरकी कान्छी सालीको बिहेका लागि त्यही खेत उपयोग गरियो।
शिशु उमेरदेखि नै निक्कै चकचके थिइन् रे। चुपलागेर त बस्नै नसक्ने बानी भएकी। असाध्यै छुकछुके। अर्काको काम नबिगारी चित्तै नबुझ्ने। चञ्चला नानीको त्यो स्वभाव बी.एस्सी.पास हुन्जेलसम्म गएको थिएनरे।
कोही बुज्रुकले आलोचना नगरेको होइन। पानी पर्यो भने जन्तीहरूलाई गम बुट दिन पर्ने अवस्था आउँछ भन्ने उनको विश्लेषण थियो। नभन्दै बिहेको पूर्वाङ्गको रात पानी परिदियो। तैपनि दुलहीका दाजुहरू आत्तिएनन्।
त्यसो त दाजुभाइ खलक र छिमेकीहरूले सक्दो सहयोग गरेकै थिए। त्यो टोलमा कुनै सामाजिक वा सँस्कृतिक कार्यहरू सम्पन्न गर्नका लागि सबै घरका मानिसहरू एकजुट हुने चलन थियो। उक्त चलन अद्यापि चलिरहेको छ, सँस्कारको रूपमा। अरूका लागि उदाहरणीय कार्य बन्न पुगेको छ।
त्यति हुँदाहुँदै पनि विश्वम्भरले चित्त बुझाएका थिएनन्। विश्वम्भरजी निजामती सेवाका उच्च दर्जाको कुर्सीमा आसीन व्यक्तित्व हुन्। उनको कत्रो धाक छ। शान छ। अनि कान्छी सालीको विवाह धुमधामका साथ गर्न किन पछि पर्दथे।
विश्वम्भरका ससुराबाले मर्ने बेलामा उनको हात समातेर निकै भावुक मुद्रामा भनेका थिए-‘मेरो यो धरतीमा टेक्ने उमेर यत्तिकै रहेछ जुवाइँ साहब। म मरेपछि मेरा छोराछोरीहरू टुहुरा हुनेछन्। हजुर जेठोबाठो हुनुभएको नाताले हजुरलाई यत्ति बिन्ती गरेँ।’
त्यतिखेर विश्वम्भरले सम्झाएका थिए-‘हजुरलाई निको भैहाल्छ नि बुवा। कस्ताकस्ता रोग त निको पारेका छन् डाक्टरहरूले। यो जाबो क्यान्स…।’ आफूले ससुराबालाई झुटो आश्वासन दिँदैछु भन्ने कुरा विश्वम्भरको उक्त अधूरो वाक्यले नै बताएको थियो।
ससुराबा फिस्स हाँसे। किन कि क्यान्सर रोगले कसैलाई बाँकी राख्दैन भन्ने कुरा उनलाई पनि राम्रोसँग थाहा थियो। आपूm यो संसारका लागि केवल दुई दिनको पाहुना हुँ भन्ने सोचेर नै उनले जेठो जुवाइँलाई वाचा गराएका थिए।
नभन्दै उक्त वाचा गराएको पाँचौँ दिनमै विश्वम्भरका ससुराबा परमधाम पुगे। त्यसपछि विश्वम्भर नै ससुराली घरको अभिभावक बन्न पुगेका थिए। चार दिदी—बहिनीमध्ये जेठी र माहिलीको कन्यादान बुबाकै हातबाट भएको थियो।
केटीको दाजुले दुई हातलामो खुकुरी निकाल्न सुर कसिसकेको थियो। तर विश्वम्भरजीले विवादलाई थामथुम पारिहाले। उनले तत्कालै एउटा ‘सेकेण्ड ह्याण्ड’ बाइकको व्यवस्था गरिदिएका थिए। दुलहीले त्यही बाइकलाई सिन्दूर हालेर लैजान चुनौती दिनुपथ्र्यो। तर सकिनन्।
वास्तवमा ती दुईको बिहेलाई बिहे नै होइन भन्नेहरू पनि समाजमा थिए। किनभने दाइजोको नाममा गतिला चीजहरू केहीपनि थिएनन्। अहिलेको जस्तो भौतिकवादी समाजपनि थिएन त्यतिबेला। घर सम्हाल्न सक्ने कन्या भए तपसीलका कुराहरू गौण मानिन्थे।
तर अहिले? अहिले त गुप्त कोठामा बसेर हाकाहाकी भन्ने चलन छ- ‘हामी दाइजो-साइजो त माग्दैनौँ तर हजुरहरूले हाम्रो इज्जत चाहिँ राखिदिनुपर्छ।’
बस्, कुरा सकियो। मानिसहरू उखान हाल्छन् नि-‘जुँगाचल्यो, कुरा बुझियो।’ भौतिक सम्पत्ति कतिदिन सक्यो भने इज्जत रहने हो? कुनै मापदण्ड छ त? त्यही मापदण्ड नहुनाको कारण विश्वम्भरकी ‘सेकेण्ड लास्ट’ सालीले बिह्यै गरिनन्।
साहिँली छोरीलाई उनका बाले चञ्चला भनेर नामकरण गरेका थिए। शिशु उमेरदेखि नै निक्कै चकचके थिइन् रे। चुपलागेर त बस्नै नसक्ने बानी भएकी। असाध्यै छुकछुके। अर्काको काम नबिगारी चित्तै नबुझ्ने। चञ्चला नानीको त्यो स्वभाव बी.एस्सी.पास हुन्जेलसम्म गएको थिएनरे।
चञ्चलाले आफ्नै आँखाले एक नमिठो घटनासँग साक्षात्कार गर्नु परेको थियो। चञ्चलाको जेठाबाकीछोरीको बिहे भइरहेको थियो। सिन्दूर हाल्ने बेलामा दुलहाले अचानक एउटा मोटर बाइक मागेर केटीपक्षलाई आपत पारिदिए।
केटीको दाजुले दुई हातलामो खुकुरी निकाल्न सुर कसिसकेको थियो। तर विश्वम्भरजीले विवादलाई थामथुम पारिहाले। उनले तत्कालै एउटा ‘सेकेण्ड ह्याण्ड’ बाइकको व्यवस्था गरिदिएका थिए। दुलहीले त्यही बाइकलाई सिन्दूर हालेर लैजान चुनौती दिनुपथ्र्यो। तर सकिनन्।
त्यस्तो कूटनीतिकाज्ञाता विश्वम्भर आफ्नै कान्छी सालीको कन्यादान गर्ने बेलामा बिहे रोक्न तम्सन्छन् भने सालाभाइहरूले कसरी सहनु? चञ्चलाले पनि हात जोरिन्। उनी भेनाभन्दा केही कुरामा पनि कमजोर थिइनन्। हो, नाताले चञ्चलाभन्दा विश्वम्भर सम्माननीय व्यक्तित्व थिए।
-‘इः यसरी!’ लौ जा त! बेहुलाले हदैसम्मको म्वाइँ खाइ दिए। देख्ने केटाकेटीहरूले हाँसो रोक्न सकेनन्। बेहुली लाजले राती भइन्। उसै त सोह्र श्रृङ्गारले उनका गाला स्याउ जस्ता थिए। अहिले त अनारका दाना जस्ता भए!
चञ्चला एक स्वाभिमानी छोरी हुन्। ‘बूढीकन्या’ भएर बस्न स्वीकार भयो तर कसैको ‘दान’ बन्न राजी भइनन्। चञ्चलाले बिहे नगर्ने निर्णय सुनाउँदा जोरीपारीहरूले कत्ति कुरा काटे। कत्तिले उनको शारीरिक बैगुणको दस्तावेज सुनाए। गाउँलेहरूको काम नै गाउने हो। त्यही भएर नै ‘गाउँले’ भएका रे।
आफ्नै दाजु-भाइहरूले कटुवचन लगाए। उनीहरूको एउटै निश्कर्ष थियो—‘चञ्चलाले बाको सम्पत्ति खाने भई। कानुनले तोकेको उमेर पुगेपछि एक भागअंशलिन्छे र पोइल हिँड्छे।’
अहँ, चञ्चला किन्चित डगिनन्। तर उनले अंशको नाममा तुनाको धरो पनि मागिनन्। उनीत्यो घरबाट सर्लक्कै पन्छिदिइन् र डेरामा गएर बसिन्। उनको शिक्षाले नै उनलाई गाँस-बास-कपासको व्यवस्था गरिदियो। असाध्यै ट्यालेन्ट’ नारी।
चञ्चलाले लोकसेवा लडेर एकैपटकमा शाखा अधिकृत पदको नोकरी खाएकी हुन्। समयक्रममा सह-सचिव पदमा लडेर एक नम्बरमा नाम निकालिन्। जग्गा जोडिन्। घर बनाइन्। उनलाई दाजुभाइहरूले हेला गरे पनि उनले भदाहा, भदैनीहरूको पढाइमा सक्दो सहयोग पुर्याइन्।
त्यसो त कान्छी बहिनी पनि कम होइन। डाक्टर हुन्, डाक्टर। चिकित्सकवधू। इन्जिनियर वर। त्योभन्दा राम्रो कुरा अरू के खोज्नु? तर भेना विश्वम्भरले नै बिहे भाँड्न खोज्छन् भने त्योभन्दा सकस अरू के हुन्छ हँ?
आफ्नो पतिको छटपटीप्रति शान्ताले व्यङ्ग्य गर्दै भनिन्-‘कसलाई के धन्दा, घरजुवाइँलाई खानकै धन्दाभने जस्तो! यहाँ आपूmलाई कान्छीको बिहे कसरी पार लगाउनु भन्ने पीर छ। हजुरलाई चाहिँजाबो एउटा सामान हराएको चिन्ता छ हगि? त्यो पनि आपूmले लगाएको औँठीभए पो कराउनु। मेरो गहना हो। त्यहीपनि कसरी हराएको भन्नु ?यतै कतै परेको होला।’
पत्नीको कुरा गराइप्रति विश्वम्भर मनमनै रुष्ट थिए। तर पाहुनाहरूको मुखिन्जेल उक्त रिसलाई थुकले घाँटीभित्रै घचेट्न वाध्य भए। उनको आत्मा चिच्याइरहेको थियो—‘डेढ लाखको गहना हराउँदा पनि मेरी स्वास्नीलाई फिकर छैन! भरे देखाउँछु म यसलाई।’
डा.कन्याको विवाह कार्य अघि बढिरहेको थियो। जग्गेमा बस्नु पूर्व दुलाहा-दुलहीलाई खानपिन गराउन भोजन गर्ने ठाउँमा लिएर गए। खाना खाने क्रममा इन्जिनियर दुलाहाले दुलहीलाई भने-‘डा.बेहुली, मलाई सधैँभरि यस्तै करुवामा पानी देऊ है?’
-‘किन नि?’ डा.दुलहीले प्रश्न गर्दै भनिन्—‘अर्को भाँडोमा दिएको पानीले तिर्खा मेटिन्न र इन्जिनियर बेहुलाज्यू?’बेहुलीको प्रश्नले बेहुला रोमाञ्चित हुन्छन्। उनी दुलहीलाई मत्याउने कोसिस गर्दैछन्— ‘त्यसो त पानी नै नदिए पनि तृप्त हुनेछु म।’
– ‘कसरी ?’
– ‘इः यसरी!’ लौ जा त! बेहुलाले हदैसम्मको म्वाइँ खाइ दिए । देख्ने केटाकेटीहरूले हाँसो रोक्न सकेनन्। बेहुली लाजले राती भइन्। उसै त सोह्र श्रृङ्गारले उनका गाला स्याउ जस्ता थिए। अहिले त अनारका दाना जस्ता भए !
विश्वम्भरले ससुराली घरबाट कान्छी सालीलाई अनमाएर बिदा गरे। कति कमलो मन रहेछ। अरू रोएका देखेर उनका आँखापनि रसाए। कसैले उनलाई आलोचनाको पात्र बनाइहाल्यो। कान्छी सालीसँग अन्तरङ्ग सम्बन्ध भएको शंका गरेर।
दुलही लाडिएर दुलाहालाई धकेल्न पुग्छिन्। अफसोस्! झुक्किएर उनको टाउको भिनेस्ताको बारमा ठोक्कियो। तब उनी अनायासै चिच्याइन्- ‘लौन नि के भो यस्तो!’ उनले बेहुलाको छातीमा मुन्टो लुकाइन्। बेहुला—बेहुलीले खानाखाइ सकेपछि जग्गेको कामतिर लगियो।
विश्वम्भरचाहिँ हराएको गहना खोज्दैमा हैरान थिए। कसैले चोरिसकेको थियो होला। कहाँबाट पाउँछन्? उनले श्रमितीलाई ‘महाहुस्सू आइमाई’ को संज्ञा दिए। हुनपनि उनकी श्रीमती नै उस्तै। डेढ—डेढ तोलाको गहना हराउँदापनि चालै पाइनन्।
पोते मात्र थियो होला, आधा किलोजति। त्यही आधा किलो पोतेमा उनेको ठूलो सुनको डल्लो हराएको थियो।अनि त कसरी सहून् विश्वम्भरजीले। एकान्तमा पारेर फेरि झपारे
-‘मैले पहिले नै भनेको थिएँ कि, जीउ नै भारी हुने तिलहरी नलगाऊ भनेर। तर मेरो अनुरोधलाई बालदिइनौ।’
-‘भो भो। चुप्प लाग्नोस्।’ पत्नी शान्ताले भनिन्—‘हजुरकी कान्छी सालीलाई नअनमाए सम्म सुनको कुरै ननिकाल्नोस्।’
विश्वम्भरले ससुराली घरबाट कान्छी सालीलाई अनमाएर बिदा गरे। कति कमलो मन रहेछ। अरू रोएका देखेर उनका आँखापनि रसाए। कसैले उनलाई आलोचनाको पात्र बनाइहाल्यो। कान्छी सालीसँग अन्तरङ्ग सम्बन्ध भएको शंका गरेर।
वास्तवमा त्यस्तो केहीपनि होइन। मानिसहरूको स्वभावै त्यस्तै हो। बोल्न नहुने कुरा प्याच्च बोलिदिन्छन्। बस्न नहुने ठाउँमा थ्याच्च बस्छन्। विश्वम्भर र उनकी कान्छी सालीको विषयमा पनि त्यस्तै भएको थियो। फेरि बाजा बजाउनेहरूले पनि खालि साली-भेनाको गीतमात्रै बजाएर हैरान पारे।
दुलही अनमाएको घर एकदमै सुनसान थियो। विश्वम्भरले श्रीमती शान्तालाई हपार्न थाले—‘छड्के तिलहरी महारानीले हराइहाल्यौ । अब भोलि बहिनीलाई भेट्न नजाने होला नि?’
श्रीमतीले उल्टै झपारिन्-‘किन नजाने म? मेरो छड्के तिलहरी हराएकै होइन। बसेर काम गर्दा भुइँमा लत्रियो भनेर फुकालेर राखेकी थिएँ। तर कहाँ राखेँ, मलाई यादै भएन। कसैले चोरेको भए चोर्यो त। मैले जानीजानी चोराएकी हैन क्यारे।’
– ‘क्या सजिलै भन्यौ हगि? तिम्रो लागि डेढ तोलाको छड्के तिलहरी पनि मामुली भयो हैन अब?’ विश्वम्भर अलि बेसरी कराए—‘कस्तो जमाना आयो यो! देखाउन पर्ने जमाना। मैले मागेर लाउन पर्दैन भन्दा भन्दै ढिपी कसेर मेरी फुपूकहाँ पठायौ।’
उनी बोल्दै थिए। एक जना सालो पर्नेले उनको पक्षमा बोल्दै असन्तुष्टि व्यक्त गरे- ‘अरूले लगाउँछन् रे। आफ्नोचाहिँ सानो छ रे। मेरी श्रीमतीले पनि मलाई छड्के तिलहरी किनेर नल्याइन्जेलसम्म हैरान पारिन्। हैन, तिलहरी मात्रै कतिवटा लगाउन सक्छन् हँयी महिलाहरू?’
फेरि विश्वम्भर बोल्छन्— ‘अब मैले फुुपूलाई हर्जाना तिर्न पर्ने भयो। आफ्नो गहना भएन। नयाँ डिजाइनको चाहियो। ए बाबा! सुन पनि छ—छ महिनामा फेरेर लगाउन सकिन्छ?’
उनीभन्दै थिए—‘बिचरी दुलहीलाई लुगा, गहना र श्रुङ्गारका प्रसाधनहरूको भारी बोकाएर पठाए। शिर ठाडो पारेर श्रीमान्को घरभित्र पस्न पर्ने चेलीलाई गर्धनमा तीन—तीनवटा तिलहरीको बोझ बोकाएर पठाउन पर्यो। डाक्टरलाई मुश्किल छ यो समाजमा। गरीबका छोरीहरूले त मरे भो त।’
श्रीमती शान्तालाई बेसरी रिस उठ्यो र कराइ दिइन्-‘जाबो एउटा तिलहरी हराएको निहुँ बनाएर हामी नारीहरूको अधिकारमाथि धावा बोल्ने? तिमीहरूले घुस घिचेर मोटर चढ्न हुन्छ र हामीले लुगा, गहना लाउन हुन्न? बढ्ता बोल्ने हैन नि। फेरि म त अख्तियार बोलाइ दिन्छु। बढी निहुँ खोज्ने हैन।’
श्रीमती शान्ता जनप्रतिनिधि हुन्। तर उनको पढाइ जम्मा ५ कक्षा पास। देशमा गणतन्त्र आएपछि कस्ता कस्ता मानिसहरू नेता बन्न सफल भए। शान्तापनि त्यही ‘कस्ताकस्ता’ मानिसहरूकै भीडबाट अगाडि आएकी हुन्।
नेतृ पत्नीले त्यसरी छासेपछि विश्वम्भरजी चुप्प लागे।
– ‘पाइयो! दिदीको छड्के तिलहरी पाइयो !!’ अकस्मात एक युवती हरिया पोतेमा उनेको ठूलो तिलहरी लिएर रमाउँदै आई। उसको बोली सुन्दा साथ चारैतिरबाट मानिसहरू धुइरिए। विश्वम्भरलाई पनि अचम्म लाग्यो!
श्रीमती शान्ताले उक्त तिलहरी हातमा लिएर ओल्टाई पल्टाई हेरिन्। पोते दुरुस्तै छ। तिलहरी पनि ठ्याक्कै मिल्छ। उनले लगाएर हेरिन्। लम्बाइ पनि मिल्यो। त्यो छड्के तिलहरी उनकै हो भन्ने पक्का भयो। उनले श्रीमान्लाई क्वारक्वारती हेरिरहिन्।
माहिलो सालोभाइले नमिठो वचन लगायो— ‘के हो भेना ?यही छड्के तिलहरी हराएको चोटमा हजुरले मेरी बहिनीको विवाह रोक्न खोज्नु भएको थियो हैन?आखिरीमा पाइने त रहेछ नि। त्यत्रो ठूलो हाकिम भएको मान्छेको चित्तचाहिँ माखाको पित्त जतिपनि रहेनछ। हराएकै भए पनि मैँ सोध भर्ना गरिदिन्थेँ नि हजुरकी फुपू—दिदीलाई। जाबो एउटा छड्के तिलहरी न हो।’
– ‘ल भयो—भयो सालाबाबू।’ भेनाले अझै ढिपी छाडेनन्- ‘मलाई यो छड्के तिलहरीको गुणस्तरप्रति शंका छ। कसैले त्यत्तिकै डस्टबिनमा डेढ तोलाको सुनको डल्लो फाल्दैन भाइ हो। एक पटक म ज्वेलरी पसलमा जँचाउन चाहन्छु।’ विश्वम्भर सरले उक्त तिलहरी नक्कली भएको प्रमाणित गर्न खोजे।
नभन्दै उनी श्रीमतीलाई आफ्नो कारमा राखेर सुन पसलतिर रमाना भए। ती बूढाबूढी एक ज्वेलरी पसल भित्र पसे। साहूजीलाई छड्के तिलहरी जाँच्न दिए। साहूजीले मुख बिगार्दै घोषणा गरिदिए-‘तपाईँहरू डुब्नुभयो विश्वम्भरजी! यो छड्के तिलहरी सक्कली होइन। मैले हेर्ना साथै चालपाइसकेको थिएँ। कुनचाहिँ फटाहाले नक्कली तिलहरीसँग सक्कली तिलहरी साटिदिएछ। यो कसरी भयो?’
अहँ, उनको सवालको जवाफ दिन श्रीमती शान्ता सफल भइनन्। पलभरका लागि जोईपोइका आँखा चार भए। त्यसपछि त शान्तालाई अस्पताल लैजान हतार भइहाल्यो।
Facebook Comment