कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारीः ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने

काठमाडौं।नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ ।केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।
गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए ।३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, सिनियर नेताहरु प्रतिस्पर्धामा छन् ।
यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन् ।कांग्रेस पदाधिकारीको मतगणना सकिएर परिणाम पनि आइसकेको छ ।
प्रतिक्रिया
Facebook Comment