गुप्तांगमा ताला लगाइदिएपछि…

डिसी नेपाल
३ पुष २०७८ १२:५३

काठमाडौं। थाइल्याण्डको बैंककमा निकै विचित्र घटना भएको छ । यहाँका एक व्यक्तिको गुप्तांग तालामा फस्यो । त्यसपछि आकस्मिक मेडिकल उद्धार टिमलाई बोलाइयो ताकि तालालाई अलग गर्न सकियोस् । आश्चर्यको कुरा के भने थाइल्याण्डमा यो घटना यस्तै किसिमको यसै वर्ष भएको दोस्रो घटना हो ।

यो घटना बैंककको फाया थाइ जिल्लाको सोइ सुआन गेर्न भन्ने ठाउँमा भएको हो । जब रुआम कातान्यु फउण्डेशनको उद्धार टोली पीडित व्यक्ति भएको ठाउँमा पुग्यो उनीहरुले देखे कि ती व्यक्तिको पूरै शरीरमा धेरै ट्याटुहरु थिए । उनको गुप्तांग एउटा तालामा फसेको थियो । टिमले धेरै परिश्रमपछि केही विशेष उपकरणको सहयोगले उनको गुप्तांगबाट ताला अलग गरे ।

थाइगर समाचार एजेन्सीका अनुसार गुप्तांगमा ताला अड्किएपछि ती व्यक्तिलाई निकै पीडा भएको थियो । तर, जब उद्धार टिमले तालालाई अलग गरे ती व्यक्तिले धेरै आराम महसुस गरे । उनको गुप्तांग निकै सुन्निएको थियो र जाँघ पनि रातो भएको थियो । उनको उमेर र पहिचान सार्वजनिक गरिएको छैन ।

गुप्तांगमा ताला फसेको यो पहिलो घटना होइन र यसअघि पनि गएको जुलाइमा बैंकककै एक व्यक्तिसँग पनि यस्तै घटना भएको थियो । त्यतिबेला ३८ वर्षका व्यक्तिको गुप्तांग तालामा फसेको थियो । उनलाई अस्पताल लगिएको थियो । २ हप्तासम्म पीडा समेपछि डाक्टरहरुले उनको गुप्तांगबाट ताला अलग गरेका थिए ।

जुलाइको घटनामा ती व्यक्तिको गुप्तांगमा हस्तमैथुनका क्रममा ताला फसेको र उनले २ हप्तासम्म पीडा सहेर कसैलाई यसबारे नबताएको बताइउको थियो । पीडा असहनीय भएपछि उनले आफ्नी आमालाई यसबारे बताएका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो र डाक्टरहरुले उनको गुप्तांगबाट ताला अलग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *