संसद्को अवरोध र एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

डिसी नेपाल
३ पुष २०७८ १६:५८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संघीय संसदमा जारी अवरोधबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले आज (आइतबार) अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोधक खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *