कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला महिला केन्द्रीय सदस्य तर्फको मतगणना पुनःआज बिहान ९ बजेबाट सुरु भएको छ। आइतबार साँझ खुला केन्द्रीय सदस्यको मतगणना सकिएसंगै आइततबारबाट नै खुला महिलातर्फको गणना सुरु भएको हो।
कांग्रेसको विधान अनुसार,खुला महिला सदस्यमा ९ जना निर्वाचित हुने प्रावधान रहेको छ। तर चुनावी मैदानमा ३० जना प्रतिस्पर्धी रहेका छन्। निर्वाचन समितिका अनुसार आज साँझसम्म परिणाम सार्वजानिक हुने जनाइको छ।
प्रतिक्रिया
Facebook Comment