यी बानी जस्ले देखाउँछ तपाईलाई छिटै बुढो
काठमाडौं । हरेक नयाँ दिनसँगै हाम्रो उमेर बढ्दै जान्छ। जन्मेपछि उमेर बढ्दै जानु एक समान्य प्रक्रिया हो । सबैलाई जवान देखिने रहर हुन्छ । केही मानिस आफ्नो उमेरभन्दा बुढो देखिन्छ भने केही आफ्नो सहि उमेरभन्दा पनि जवान ।
कतिपय तपाईका बानीले पनि लामो समयसम्म तपाइलाई जवान राख्छ भने केही खराब बानीले तपाईलाई चाँडै बूढो बनाउँछ या देखाउँछ । आज हामी यस्तै बानीहरुका कुरा गर्छाै जस्ले तपाईलाई छिटै बुढो देखाउँछ ।
यदि तपाई लामो समयसम्म जवान देखिन चाहनुहुन्छ भने छोड्नुहोस् यी बानीहरू :
नकारात्मक सोच – हाम्रो समाजमा नकारात्मक सोचले जरा गाडेको पाइन्छ । जो कोही पनि यो सोचबाट अछुतो रहन सकेका छैन । फलानाले राम्रो लगायो, मिठो खायो भनेर अरुको रिस–डाह गर्ने, आफ्नै जीवनसँग गुनासो, असन्तुष्टि राख्नेहरुको संख्या बढ्दै गएको देखिन्छ। यस्ता असन्तुष्टिले जीवनमा उदासीपन एवं निराशा उत्पन्न हुन्छ र विस्तारै नकारात्मक सोचको विकास हुन्छ। नकारात्मक सोचले गर्दा विभिन्न खालका मानसिक समस्या उत्पन्न हुनुका साथै दिर्घरोग बढाउँछ। जस्ले गर्दा जवान देखिने उमेरमा बुढो बनाउँछ ।
अनलाइनमा धेरै समय बिताउनु-पछिल्ला दुई वर्षमा कोरोनाका कारण मानिसहरु धेरैजसो समय इन्टरनेटमा बिताइरहेका छन् । इन्टरनेटमा धेरै समय बिताउना ले पनि बुढ्यौली छिट्टै ल्याउँछ । कम्युटर र स्मार्टफोनबाट निस्किने ब्लू लाइटले हाम्रो आँखा र छालामा धेरै नराम्रो असर पार्छ । जसले गर्दा उमेरभन्दा बढी नै बुढाे देखाउँछ । बरु, किताब पढ्ने वा केही लेख्ने जस्ता अफलाइन गतिविधिहरूमा आफ्नो समय बिताउनुहाेस् ।
धेरै टिभी हेर्नु– कहिलेकाहीँ राती अबेरसम्म टिभी हेर्दा केही हुँदैन तर यसलाई बानी भने बनाउनु हुँदैन । अमेरिकन हार्ट एसोसिएसनले गरेको अनुसन्धानका अनुसार धेरै समय टिभी हेर्नाले मस्तिष्कमा ग्रे पदार्थको मात्रामा कमी आउँछ । खैरो पदार्थ स्नायु प्रणाली र सोच्ने वा निर्णय गर्ने क्षमतासँग सम्बन्धित छ । त्यसैले जीवनशैलीमा सुधार ल्याउन सबैभन्दा पहिले धेरै टिभी हेर्ने बानी कम गर्नुहोस्।
सधैं अल्छी हुनु– टिभी मात्र होइन, दिनभर काम नगरी सुत्नु वा हर समय अल्छी हुनुले पनि बुढ्यौलीपन ल्याउँछ। समयमा उठेर व्यायाम गर्नुहोस् । कुनै काम गर्दा जाँगरका साथ गर्नुहोस् । व्यायामले हड्डी र मांसपेशीलाई मात्र स्वस्थ राख्दैन, यसले शरीरलाई भित्रबाट जवान बनाउन पनि मद्दत गर्छ। एक अध्ययनका अनुसार सधैं सक्रिय रहने व्यक्तिहरू समान उमेरका अल्छी व्यक्तिहरूको तुलनामा लामो समयसम्म जवान रहने कुरा पुष्टि गरेको छ ।
अनियमित सुत्ने बानी– लक डाउनले अनियमित सुत्ने र दिनचर्याले जनजिवन प्रभावित भएको छ । एक अध्ययनका अनुसार जो व्यक्तिहरु नियमित रुपमा ६ देखि ८ भन्दा कम सुत्ने गर्छन् ती व्यक्तिहरुको सोच्ने र सम्झिने क्षमता ४ देखि ५ वर्षसम्ममा कम हुन सक्छ । अनियमित सुताइले मोटोपना हुने, मधुमेह, हृदयरोग, मृगौला रोग, अल्जाइमरको समस्या निम्तिन सक्छ । त्यसैले राति कम्तिमा आठ घण्टा सुत्ने र दिनमा अधिकत्तम एक घण्टा सुत्नु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।
तनाव कम गर्न नसक्नु– हरेक समय तनावमा बस्ने मानिसको अनुसारमा छिट्टै बुढ्यौलीपन आउँछ । ट्रान्सलेसनल साइकियाट्रीमा छापिएको येल युनिभर्सिटीको नयाँ अध्ययनका अनुसार हरेक समय तनावका कारण शरीरमा छिट्टै बुढो देखिन्छ । अनुसन्धानकर्ताका अनुसार जवान देखिनका लागि भावनाहरुमा पनि नियन्त्रण गर्नुपर्छ । तनाव नियन्त्रण गर्ने वा मेडिटेशन गर्ने आदि गर्न सकिन्छ ।
Facebook Comment