जाडोमा हिटर चलाउँनु हुन्छ ? यस्तो हानी पुर्याउँछ

डिसी नेपाल
६ पुष २०७८ ११:१०

काठमाडौं । जाडोमा हिटर सबैका लागि प्यारो हुने गर्दछ । जाडोबाट बच्नका गर्नको लागि धेरै जनाले बाक्लो लुगा संगसंगै हिटरको प्रयोग गरेको पाइन्छ । कतिपय मानिसहरु जाडोमा हिटर बिना बस्नै नसक्ने हुन्छन् । तर हिटरको अत्याधिक प्रयोग गर्दा स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । हिटरको प्रयोग गर्दा केही कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ । विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग कम मात्रामा गर्नुपर्छ। हिटरले चिसोबाट राहत दिन्छ तर यसले स्वास्थ्यलाई धेरै किसिमले हानी पुर्‍याउँछ। यदि तपाई पनि शरीरमा न्यानोपन ल्याउन सधैं हिटरको छेउमा बसिरहनु हुन्छ भने अवश्य जान्नुहोस् यसका केही विशेष कुराहरु ।

हीटरले कसरी काम गर्छ

धेरैजसो हीटरहरूमा रातो–तातो धातुको रडहरू वा सिरेमिक कोरहरू भित्र हुन्छन्। यसले कोठाको तापक्रम बढाउन तातो हावा निकाल्छ । यो गर्मीले हावाको आर्द्रता अवशोषित गर्दछ। हिटरबाट आउने हावा धेरै सुख्खा हुन्छ। यसबाहेक यो रुम हीटरले हावाबाट अक्सिजन जलाउने काम पनि गर्छ

हीटरका बेफाइदाहरु:

हिटरबाट निस्कने हावाले छालालाई धेरै सुख्खा बनाउँछ। हिटरबाट निस्केको सुख्खा हावाका कारण मानिसहरुलाई वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्याहरु देखा पर्दछ । कन्भेन्सन हिटर, हलोजन हिटर र ब्लोअरको अत्याधिक प्रयोगले तपाईलाई बिरामी बनाउँछ। यी हिटरबाट निस्कने रसायन श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्छ र भित्री भागलाई क्षति पुर्‍याउँछ, विशेष गरी यदि तपाईलाई दम वा एलर्जी छ भने।

–रुम हिटरबाट दमका बिरामीलाई सबैभन्दा बढी समस्या हुन्छ । यदि तपाईलाई श्वासप्रश्वासको समस्या छ भने, हिटरबाट निश्चित दूरीमा बस्नुहोस्। यसबाहेक ब्रोन्काइटिस र साइनसका बिरामीलाई पनि एलर्जी हुन सक्छ। यस्ता बिरामीको फोक्सोमा हिटरको हावाका कारण कफ निस्कन थाल्छ र यसै कारणले खोक्दा र हाच्छिउँ गर्न थाल्छ ।

–हिटरको कृतिम तापमानमा बस्ने बानी तपाईंको शरीरलाई परेको छ भने जब तपाईं बाहिर जानु हुन्छ तब तपाईंको शरीरको तापमान अचानक गडबड हुन सक्छ । यस्तो बेला तपाईं बिरामी पनि पर्न सक्नुहुन्छ ।

– घरमा सानो बच्चा छ भने हिटरको प्रयोग गर्दा झनै सतर्क हुनुपर्छ । हिटरबाट निस्कने हावा बच्चाहरुका लागि अति नै खतरनाक हुन्छ । त्यो हावाले बच्चालाई पोल्ने खतरा पनि हुन्छ ।

–जब तपाईं हिटरमा धेरै लामो समयसम्म बस्नुहुन्छ, तब तपाईंको शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ ।

जब तपाई हिटरको प्रयोग गरिसक्नु हुन्छ । यसलाई बन्द गर्न नबिर्सनुहोस् । साथै हिटर माथि कुनै पनि वस्तु नराख्नुहोस् । हावामा ओसिलोपनाको सन्तुलन कायम गर्न बाल्टिन भरी पानी राख्नुहोस् । हिटर प्रयोग गर्न पावर कर्ड एक्सटेन्सन अर्थात मल्टिप्लग प्रयोग नगर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *