धेरै टमाटर नखानुहोस्, यस्ता छन् बेफाइदा

डिसी नेपाल
८ पुष २०७८ ११:२९

टमाटर विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सब्जी हो । सबैको भन्सामा टमाटरसहितकाे तरकारी पाकेकै हुने गर्दछ । टमाटर सब्जीमा लगाउनका साथै विभिन्न अचारका रेसिपिका लागि पनि प्रयोग गरेको पाइन्छ । टमाटरमा क्याल्सियम, फस्फोरस र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। धेरैजसो मानिसले सलाद, सूप र तरकारीमा टमाटरको प्रयोग गर्ने गर्दछन् । यसमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी, एन्टी–क्यान्सर गुणले तपाईंलाई रोगहरूबाट बचाउँछ । तर टमाटर धेरै मात्रामा खानु भयाे भने बिरामी पनि बनाउन सक्छ। टमाटरको सेवनले जोर्नी सुन्निने र दुख्ने समस्या हुन्छ ।

यस्ता छन् टमाटर खानुका बेफाइदाहरु :

ग्यास्ट्रिक एसिडको समस्या – टमाटरमा एसिडको मात्रा धेरै हुन्छ। यसलाई धेरै मात्रामा सेवन गर्नाले ग्यास्ट्रिक एसिड बढ्न सक्छ । जसले गर्दा मुटुमा जलन हुन गर्दछ । यदि तपाईलाई पाचन प्रणालीसँग सम्बन्धित समस्या छ भने टमाटरको थोरै मात्रामा खाँदा राम्रो हुन्छ ।

मृगौला रोग– मिर्गौला रोगीले टमाटर खानु हानिकारक मानिन्छ । मृगौला सम्बन्धी समस्यामा पोटासियमको अत्याधिक सेवनले क्षति पु¥याउँछ । टमाटरमा पोटासियम धेरै हुन्छ। यसबाहेक टमाटरमा अक्सालेट नामक एन्टिअक्सिडेन्ट पनि उच्च हुन्छ । यसले मृगौला समस्या निम्त्याउन सक्छ।

जोर्नी दुख्ने र सुन्निने– टमाटरको अत्याधिक सेवनले जोर्नी सुन्निने र दुख्ने समस्या हुन्छ । टमाटरमा सोलानिन हुन्छ । जस्ले गर्दा जोर्नी दुख्ने र सुन्निने हुन्छ ।

एलर्जी – टमाटरमा हिस्टामिन नामक कम्पाउन्ड हुन्छ । टमाटर बढी खाँदा छालामा दाग वा एलर्जी हुन सक्छ। यसले तपाईको मुख, जिब्रो र घाँटीमा पनि संक्रमण हुन सक्छ।

–टमाटरमा एसिडको मात्रा बढी हुन्छ र टमाटर बढी खानाले मूत्राशय पोल्ने समस्या हुन्छ । यदि तपाईं मूत्रनलीको संक्रमणको समस्या छ, तब टमाटरको अधिक मात्रा तपाईंको समस्या अझ बढाउन सक्छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार टमाटरको उच्च मात्राले माइग्रेनको दुखाइ बढाउने काम गर्दछ। यदि तपाईं माइग्रेनको दुखाइबाट ग्रस्त हुनुहुन्छ भने टमाटर सेवन कम गर्नुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *